गुल्सन झालाई समेट्दै घोषणा भयो यू-१९ एसिया कप खेल्ने नेपाली टिम

हिमाल प्रेस १२ मंसिर २०८० १८:५८
78
SHARES
गुल्सन झालाई समेट्दै घोषणा भयो यू-१९ एसिया कप खेल्ने नेपाली टिम

काठमाडौँ- यू-१९ एसिया कप २०२३ का लागि नेपाली राष्ट्रिय टिम घोषणा भएको छ। सिनियर टिमका अलराउन्डर गुल्सन झालाई समेट्दै देव खनालको कप्तानीमा क्यानले नेपाली टिम घोषणा गरेको हो। एसिया कपमा नेपाल समूह ‘ए’ मा छ। नेपालसहित समूह ए मा भारत, पाकिस्तान र अफगानिस्तान छन्। अर्को समूहमा बंगलादेश, श्रीलंका, युएई र जापान छन्।

नेपालले पहिलो खेल पाकिस्तानसँग मंसिर २२ मा खेल्ने छ। दोस्रो खेल अफगानिस्तानसँग मंसिर २४ र समूहको अन्तिम खेल भारतसँग मंसिर २६ मा खेल्नेछ। समूहका शीर्ष दुई टिम सेमिफाइनल पुग्नेछन्। फाइनल पुस १ मा हुनेछ।

नेपालले सन् २०२४ को जनावरीमा दक्षिण अफ्रिकामा यू-१९ विश्वकप खेल्दैछ। त्यसअघि नेपालले एसिया कप खेल्न लागेको हो। नेपालले यसअघि मलेसियामा भएको एसीसी प्रिमियर कप जितेर एसिया कपमा स्थान पक्का गरेको थियो।

प्रकाशित: १२ मंसिर २०८० १८:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 16 =