कांग्रेस झापाका पूर्वसभापति दाहालको निधन

हिमाल प्रेस १२ मंसिर २०८० ७:२९
2
SHARE
कांग्रेस झापाका पूर्वसभापति दाहालको निधन

काठमाडौँ- नेपाली कांग्रेस झापाका पूर्वसभापति तथा लोकतान्त्रिक आन्दोलनका योद्धा झापा, कमल गाउँपालिका–५ मंगलबारे निवासी पूर्णनन्द शर्मा दाहालको आज निधन भएको छ।

केही दिनयता अस्वस्थ ८८ वर्षीय दाहालको बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा आज अपराह्न ४ः३० बजे निधन भएको कांग्रेस झापाका सचिव कृष्ण हुमागाईंले जानकारी दिए।

सो अस्पतालले दाहालको सबै उपचार निःशुल्क गरिदिएको थियो। कांग्रेस झापाका पुराना तथा त्यागी नेताका रूपमा परिचित उनी भूमिगतकालमा पार्टीको जिल्ला सभापति थिए। उनी प्रजातन्त्र प्राप्तिका सबै किसिमका आन्दोलनका क्रममा पटकपटक जेलनेल परेका थिए।

पाँच वर्षअघि जीवनसंगीनी गुमाएका दिवंगत दाहालका तीन छोराहरू विनोद, प्रमोद, आमोद र एक छोरी प्रमिला छन्। उनले पार्टीसँगै स्थानीय सामाजिक संघसंस्थामा समेत योगदान पुर्‍याउँदै आएका थिए।

स्व दाहालको पार्थिव शरीरलाई भोलि कनकाई नदीमा हिन्दू विधिपूर्वक अन्त्येष्टि गरिने बताइएको छ।

प्रकाशित: १२ मंसिर २०८० ७:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − nine =