नेशनल लाइफ इन्स्योरेन्स र काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थबीच सम्झौता

हिमाल प्रेस ११ मंसिर २०८० १६:४६
नेशनल लाइफ इन्स्योरेन्स र काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थबीच सम्झौता

काठमाडौँ– नेशनल लाइफ इनस्योरेन्स कम्पनी लिमिटेड र काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थबीच सम्झौता भएको छ। सम्झौतामा हस्ताक्षर गर्दै इन्स्योरेन्सका कार्यकारी प्रमुख सुरेशप्रसाद खत्रीले पहिलो किस्ता रकम २५ लाखको चेक संस्थालाई हस्तान्तरण गरेका छन्।

बुढानीलकण्ठ नगरपालिका वडा नं. ७ मा निर्माणाधिन २०० बेड क्षमताको गैरनाफामूलक बाल अस्पताल निर्माण परियोजनाका लागि नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले ३ वर्षसम्म प्रतिवर्ष २५ लाखका दरले वित्तीय सहयोग उपलव्ध गराउने छ।

समारोहमा प्रा. डा. भगवान कोइरालाले नेपालका सबै बालबालिकाको स्वास्थ्यमा सहज र सर्वसुलभ पहुँच पुर्‍याउने उद्देश्यले परियोजना सुरु गरिएको बताए। उनले क्रमिक रूपमा देशका अन्य स्थानमा बाल स्वास्थ्य सेवा उपलव्ध गराउने योजना रहेको पनि बताए।

प्रकाशित: ११ मंसिर २०८० १६:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 4 =