प्रहरीकै क्यान्टिनको पानीमा भेटियो माकुरा

हिमाल प्रेस ११ मंसिर २०८० १६:४७
112
SHARES
प्रहरीकै क्यान्टिनको पानीमा भेटियो माकुरा

काठमाडौँ- नेपाल प्रहरीको महाराजगञ्ज वृत्तको क्यान्टिनमा बिक्रीका लागि राखिएको पानीको बोतलमा माकुरा भेटिएको छ। क्यान्टिनमा बिक्रीका लागि राखिएको पानीको बोतलमा माकुरा भेटिएपछि प्रहरीले उत्पादक कम्पनी एएण्डबी वेभराज प्रालिविरुद्ध उजुरी परेको थियो। उजुरी परेसँगै छानबिन गरेर काठमाडौँ महानगरले एकलाख रुपैयाँ जरिवाना पनि तिराएको छ।

‘हिजो नै घटना भएको हो। हिजो नै यहाँ निवेदन परेको थियो। त्यसपछि महानगरको अनुगमन समितिले बोतलसहित जाँच गर्दा माकुरा भेटियो,’ महानगरको बजार अनुगमन समितिकी निरीक्षण अधिकृत डा.पूजा खनालले भनिन्, ‘पानीमा माकुरासँगै अरु फोहोर पनि भेटियो। उहाँहरूलाई कारबाही गरेर सचेत गराइएको छ।’

कागेश्वरी मनोहरा नगरपालिका–६ को ठेगाना रहेको एएण्डबी वेभरेज प्रालिलाई महानगरले अब अर्कोपटक सोही अवस्था फेला परेमा कडा कारबाही गर्ने चेतावनीसमेत दिएको छ।

यस्तै पानी बोतलमा भर्नु अगाडि बोतल अनिवार्य रुपमा निर्मलीकरण गर्नुपर्ने, समय समयमा पानीको ल्याब परीक्षण गर्नुपर्ने निर्देशन महानगरले दिएको छ।

प्रकाशित: ११ मंसिर २०८० १६:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × four =