नेपाल लाइफ अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

हिमाल प्रेस ११ मंसिर २०८० १२:२६
नेपाल लाइफ अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

काठमाडौँ– नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलाई भारतको मुम्बईस्थित होटल ताज ल्यान्डस इंड्समा आयोजित चौथो आइसीसी इमर्जिङ एसिया इन्स्योरेन्स कन्केल्भ तथा अवार्ड, २०२३ समारोहमा ‘आउटस्ट्यान्डिङ प्रफमेन्स इन दि लाइफ इन्स्योरेन्स इन्डस्ट्री अफ नेपाल’बाट सम्मानित गरिएको छ।

अवार्ड समारोह इन्डियन च्याम्बर अफ कमर्सद्वारा आयोजना गरिएको हो। कम्पनीद्वारा गरिएको दाबी भुक्तानीको अनुपात, चुक्तापुँजी, प्रथम बिमा शुल्क आर्जन र कम्पनीद्वारा प्रशिक्षणमा गरिएको लगानीजस्ता मापदण्डलाई मूल्यांकन गर्दै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलाई यो सम्मान प्रदान गरिएको हो। उक्त अन्तर्राष्ट्रिय सम्मान कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले ग्रहण गरेका हुन्।

पराजुलीले अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएको सुखद अवसरमा सफलताको श्रेय सञ्चालक समितिका अध्यक्ष तथा सदस्य, सम्पूर्ण कर्मचारी, अभिकर्ता, नियामक निकाय, सेयरधनी तथा नेपाल लाइफसँग आवद्ध सबैलाई जाने बताए।

प्रकाशित: ११ मंसिर २०८० १२:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − 5 =