आइसरद्वारा सर्भिस क्याम्पको घोषणा

हिमाल प्रेस ११ मंसिर २०८० ११:४१
आइसरद्वारा सर्भिस क्याम्पको घोषणा

काठमाडौँ– आइसर कमर्सियल भेहिकलको नेपालस्थित आधिकारिक विक्रेता बतास एमएडब्लू कमर्सियल भेहिकल प्राइभेट लिमिटेडद्वारा १६ वटा ग्राहक सेवा केन्द्रबाट प्रदान गरिने ४ दिने सर्भिस क्याम्पको सुरुवात भएको छ।

यी केन्द्रहरूमध्ये दुईवटा काठमाडौँ उपत्यकाका जगाती र सतुंगलबाट ग्राहकहरूले सेवा लिन सक्नेछन्। उपत्यका बाहिर विर्तामोड, इटहरी, जनकपुर, वीरगञ्ज, हेटौँडा, दाङ, नेपालगञ्ज, सुर्खेत, धनगढीबाट पनि सेवा उपलब्ध गराइएको कम्पनीले जनाएको छ।

त्यसैगरी डिलरमार्फत पोखरा, बुटवल, नारायणगढ, नौबिसे, त्रिशुलीबाट पनि ग्राहकहरूले सेवा लिन सक्नेछन्।

४ दिने क्याम्पमा आइसरका ५०० भन्दा बढी व्यवसायिक गाडीको जाँच एवम् मर्मतसम्भार गरिने छ। जाँच गराउन आउँदा सवारी धनीले स्पेयर्स पार्टसमा १० प्रतिशत छुट, लुब्रिकेन्ट्समा १५ प्रतिशत छुट र विशेष मर्मतमा २५ प्रतिशतसम्मको छुट प्राप्त गर्नेछन्। यसैगरी नियमित मर्मतसम्भार, ड्राइभर ट्रेनिङ, ब्याट्री तथा वायरिङ चेकअप निःशुल्क रूपमा पाउनुका साथै अन्य थुप्रै सुविधा पनि प्राप्त गर्नेछन्।

प्रकाशित: ११ मंसिर २०८० ११:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 13 =