कुमारी बैंकको परिवार सुरक्षा बचत खातामा बिमावापत ८ करोड भुक्तानी

हिमाल प्रेस ११ मंसिर २०८० ११:०३
कुमारी बैंकको परिवार सुरक्षा बचत खातामा बिमावापत ८ करोड भुक्तानी

काठमाडौँ– कुमारी बैंक लिमिटेडले परिवार सुरक्षा बचत खाता योजनाअन्तर्गत हालसम्म बैंकका ४ हजार ५०० ग्राहकलाई ८ करोड रुपैयाँ बराबरको बिमा रकम भुक्तानी गरेको छ।

४ वर्षदेखि परिवार सुरक्षा बचत खातामा सामान्य जाँच, अस्पताल भर्ना भइ उपचार गरेका तथा गम्भीर रोगको उपचार एवं दुर्घटना मृत्यु बिमावापत बैंकले बिमा कम्पनीमार्फत रकम प्रदान गर्दै आएको छ।

बैंकको तथ्यांकअनुसार बागमती प्रदेशमा सर्वाधिक ३६ प्रतिशत दाबी रकम भुक्तानी भएको छ। मधेश र गण्डकी प्रदेशमा क्रमशः ११ र १० प्रतिशत तथा बाँकी रकम अन्य प्रदेशमा भुक्तानी भएको छ। कुल बिमा भुक्तानीमध्ये बैंकले अस्पताल भर्ना बिमावापत् सर्वाधिक ५४ प्रतिशत रकम भुक्तानी गरेको छ।

कुमारी परिवार सुरक्षा बचत खातामा खातावालासहित परिवारका ४ जना सदस्यले २६ लाख रुपैयाँसम्मको बिमा सुविधा प्राप्त गर्छन्।

 

प्रकाशित: ११ मंसिर २०८० ११:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × five =