ताप्लेजुङ एमालेले भन्यो : योगेश भट्टराईमाथि ढुंगा हान्नेलाई कारबाही होस्

हिमाल प्रेस ११ मंसिर २०८० ७:०६
4
SHARES
ताप्लेजुङ एमालेले भन्यो : योगेश भट्टराईमाथि ढुंगा हान्नेलाई कारबाही होस्

काठमाडौँ- नेकपा एमाले ताप्लेजुङले पार्टी सचिव योगेश भट्टराईसहितका नेताहरूमाथि ढुंगामुढा गर्नेलाई कारबाही गर्न माग गरेको छ।

आइतबार ताप्लेजुङमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रम सकेर फर्कने क्रममा नेताहरूमाथि पहिचानवादीले आक्रमण गरेको विज्ञप्तिमा जनाइएको छ ।

जिल्लाका कार्यबाहक अध्यक्ष सन्तोष खतिवडाले जारी गरेको विज्ञप्तिमा ‘अराजक समूह’लाई तत्काल नियन्त्रण गरी तत्काल कारबाही गर्न माग गरिएको छ।

आइतबार भट्टराई सवार गाडीमा ढुंगामुढा भएको थियो।

प्रकाशित: ११ मंसिर २०८० ७:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 4 =