एनआईएमबीबाट फन्ड ट्रान्सफर गर्दा मोबाइल जित्न सकिने

हिमाल प्रेस १० मंसिर २०८० १७:११
एनआईएमबीबाट फन्ड ट्रान्सफर गर्दा मोबाइल जित्न सकिने

काठमाडौँ– नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले एनसीएचएलसँगको सहकार्यमा ‘फन्ड ट्रान्सफरमा मोबाइल फोन हातमा’ अफर सार्वजनिक गरेको छ।

अफरअन्तर्गत तीनजना मोबाइल बैंकिङ प्रयोगकर्ताले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको एनआईएमबी स्मार्ट एपबाट कनेक्ट आईपीएस छनोट गरी फन्ड ट्रान्सफर गर्दा १–१ थान स्मार्टफोन जित्न सक्नेछन्।

यो अफर मंसिर १० गते देखि पुस ९ गतेसम्म लागू हुनेछ। फन्ड ट्रान्सफर गर्ने तीनजना प्रयोगकर्तालाई अफरको अन्त्यमा विजेता घोषणा गरिने छ। जसको जानकारी नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको आधिकारिक सामाजिक सञ्जालमा प्रकाशन गरिने छ।

एनआईएमबी स्मार्टमा रहेको कनेक्ट आईपीएसमार्फत प्रतिदिन प्रतिकारोबार २ लाखसम्म फन्ड ट्रान्सफर गर्न सकिन्छ।

प्रकाशित: १० मंसिर २०८० १७:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + two =