राप्रपा नेपालले बोलायो कार्यसम्पादन समितिको बैठक

हिमाल प्रेस १० मंसिर २०८० १६:५५
2
SHARE
राप्रपा नेपालले बोलायो कार्यसम्पादन समितिको बैठक

काठमाडौँ-राप्रपा नेपालको कार्य सम्पादन समितिको बैठक भोलि बिहान आठ बजे बस्ने भएको छ। पछिल्लो राजनीतिक घटनाक्रम , पार्टीको योजना र आगामी कार्यक्रम बारे छलफल गर्न भोलि बिहान बैठक डाकिएको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।

‘काठमाडौँमा उपलब्ध कार्य सम्पादन समितिका सदस्यहरूलाई सचिवालय मार्फत खबर गरिएको छ,उपत्यका बाहिरका पनि अनुकुल हुने उपस्थित हुनुहुनेछ’ बर्तौलाले भने। उनका अनुसार पछिल्लो समय भएको आन्दोलन, व्यवस्था र नेतृत्व तहप्रति देखिएको जनताको वितृष्णा र आक्रोश , मुलुकको अवस्थाका बारेमा महत्त्वपूर्ण छलफल भई पार्टीले नयाँ रणनीति अख्तियार गर्नेछ।

गृहजिल्ला हेटौँडामा रहेका थापा बैठकका निमित्त भनी काठमाडौँ आइपुगिसकेका छन्। थापाले पार्टीले अवलम्बन गर्ने नीति ,सिद्धान्त ,एजेन्डाको पक्षमा जसले आवाज उठाए आन्दोलन गरे पनि नैतिक समर्थन हुने स्पष्ट पारेका थिए।

दुर्गा प्रसाईंको आन्दोलनमा प्रहरी दमनको थापाले विरोध गरेका छन् भने जनआवाजलाई नजरअन्दाज नगर्न र गम्भीरतापूर्वक लिन सत्तासीन दलहरूलाई आग्रह गरेका थिए। केही दल र नेताहरूले राजाको विरोध गरेकोमा थापाले असन्तुष्टि व्यक्त गर्दै यो राजसंस्था प्रतिको आकर्षणका विरुद्ध गणतान्त्रिक नेताहरूको बरबराहट भन्ने टिप्पणी गरेका थिए।

प्रकाशित: १० मंसिर २०८० १६:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 10 =