४७ अंकले बढ्यो नेप्से

हिमाल प्रेस १० मंसिर २०८० १५:१९
6
SHARES
४७ अंकले बढ्यो नेप्से

काठमाडौँ– साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक (नेप्से) ४७.७५ अंकले बढेको छ। उच्च अंकले बजार बढेपछि नेप्से परिसूचक १९०८ बिन्दुमा उक्लिएको हो।

आज २१४ कम्पनीको सेयर मूल्य बढेको छ। २३ कम्पनीको बढ्दा ३ कम्पनीको मूल्य स्थिर रह्यो। आइतबार कारोबार रकममा पनि उल्लेख्य सुधार आएको छ। २९४ कम्पनीको ६५ लाख ३० हजार कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब १ करोड रुपैयाँको कारोबार भयो।

आइतबार कारोबार रकमका हिसाबले सोनापुर मिनिरल्स एण्ड ओयल कम्पनी शीर्ष स्थानमा रह्यो। यसको कुल ११ करोड ६६ लाख रुपैयाँको कारोबार भएको छ। कारोबार बन्द हुँदा सोनाको प्रतिकित्ता सेयर मूल्य २९३.३० रुपैयाँ कायम भएको छ।

आज छ्याङ्दी हाइड्रोपावर लिमिटेड, भगवती हाइड्रोपावरलगायत १० कम्पनीको सेयर मूल्य १० प्रतिशतका दरले बढेको छ। आइतबार सबै उपसमूहको सूचक बढेको छ। सबभन्दा बढी जीवन बिमा उपसमूहको सूचक ४.४४ प्रतिशतले बढ्यो।

प्रकाशित: १० मंसिर २०८० १५:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =