टोखामा एभरेष्ट बैंककाे १२८औँ शाखा

हिमाल प्रेस १० मंसिर २०८० १२:१८
टोखामा एभरेष्ट बैंककाे १२८औँ शाखा

काठमाडौँ– एभरेष्ट बैंक लिमिटेडले टोखा नगरपालिका वडा नं. ६ मा आफ्नो १२८औँ शाखा सुरु गरेको छ। योसँगै काठमाडौं उपत्यकामा बैंकको शाखा संख्या ३६ पुगेको छ।

शाखाको उद्घाटन बैंक सञ्चालक समितिका अध्यक्ष डा. बालगोपाल वैद्य र टोखा नगरपालिकाका उपप्रमुख मुरारी तामाङले संयुक्त रूपमा गरेका हुन्। उद्घाटन समारोहमा नेपाल चेम्बर अफ कमर्सका कार्यकारी सदस्य कृष्णमान श्रेष्ठ, टोखा नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष शान्ता खनाल पौडेल, बैंकका नायब महाप्रबन्धक केशवराज पौडेल, बागमती प्रदेश प्रमुख सन्तोषकुमार भट्टराई, बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्पराज उप्रेतीलगायतको उपस्थिति थियो।

उद्घाटन समारोहमा बैंक सञ्चालक समिति अध्यक्ष डा. वैद्यले बैंकहरू विश्वासको सहयात्री भएको साथै टोखा र आसपासका बासिन्दाहरूलाई सबल, सरल, उत्कृष्ट साथै अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ सेवा प्रदान गराउने प्रतिबद्दता व्यक्त गरे।सो अवसरमा टोखा नगरपालिकाका उपप्रमुख तामाङले टोखामा बैंकको आगमनले सर्वसाधरणको वित्तीय पहुँच अझ सहज तथा सुलभ हुने बताए।

प्रकाशित: १० मंसिर २०८० १२:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =