सिरहा नगरपालिकाले माग्यो अंग्रेजी, गणित र विज्ञान विषय शिक्षक

हिमाल प्रेस १० मंसिर २०८० १२:०५
276
SHARES
सिरहा नगरपालिकाले माग्यो अंग्रेजी, गणित र विज्ञान विषय शिक्षक

काठमाडौँ- सिरहा नगरपालिकाले नगरपालिकाअन्तर्गतका सामुदायिक विद्यालयका लागि अंग्रेजी, गणित र विज्ञान विषयका शिक्षक माग गरेको छ।

नगरपालिकाको करार शिक्षक छनाेट समितिको यही मंसिर ८ गतेको निर्णयानुसार आधारभुत तह (६–८) र माध्यमिक तह (९–१०) का लागि १४ जना शिक्षक माग गरिएको हो।

माध्यमिक तहका लागि विज्ञान विषय शिक्षक ६ जना, अंग्रेजी विषय शिक्षक १ जना र गणित विषय शिक्षक ३ जना माग गरिएको नगरपालिकाले जनाएको छ।

त्यसैगरी आधारभूत तहमा विज्ञान विषय शिक्षक २ जना र अंग्रेजी विषय शिक्षक २ जना माग गरिएको छ।

परीक्षा लिखित (सामान्य र विषयगत) र अन्तर्वार्ता हुनेछ। माध्यमिक तहको हकमा दरखास्त दस्तुर एक हजार पाँच सय रुपैयाँ र आधारभूत तहको हकमा एक हजार रुपैयाँ लाग्नेछ। दरखास्त यही मंसिर २४ गते कार्यालय समयभित्र दिने सकिनेछ।

नगरपालिकाको शिक्षा शाखाबाट फाराम लिई दरखास्त पेस गर्न सकिनेछ।

प्रकाशित: १० मंसिर २०८० १२:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =