काठमाडौँ- जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले देशमा हाल पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ।
महाशाखाले आइतबार देशका सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशलगायत पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको जनाएको हो।
आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी पहाडी ठाउँमा आंशिक बदली र तराईमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने महाशाखाको भनाइ छ।
त्यसैगरी महाशाखाको भनाइमा देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेनेछ ।
राति सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी ठाउँमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने पनि महाशाखाले जनाएको छ।