मुक्तिनाथको खुल्यो आईपीओ

हिमाल प्रेस ९ मंसिर २०८० ७:३७
60
SHARES
मुक्तिनाथको खुल्यो आईपीओ

काठमाडौँ- मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर जारी गरेको छ। कम्पनीले शुक्रबारदेखि प्राथमिक सेयर (आईपीओ) को आवेदन खुला गरेको हो।

कम्पनीले जारी पुँजी ७० करोड रुपियाँको २० प्रतिशत सेयर सर्वसाधारण समूहमा निष्कासन गर्न लागेको हो। कर्मचारी, वैदेशिक रोजगारमा गएका नेपाली नागरिक तथा सामूहिक लगानी कोषका लागि छुट्याएपछि सर्वसाधारणका लागि कुल ११ लाख ४८ हजार कित्ता सेयर जारी हुन लागेको कम्पनीले जनाएको छ।

कम्पनीको सेयर बिक्री प्रबन्धकमा एनआईएमबीएस क्यापिटल रहेको छ। आईपीओमा मंसिर १२ गते ५ बजेसम्म आवेदन दिन सकिने छ।

अंकित मूल्य १०० का दरले कम्पनीको आईपीओमा सर्वसाधारणले अनलाइन प्रणाली मेरोसेयरमार्फत आवेदन दिन सक्ने छन्। कम्पनीका अनुसार न्यूनतम १० र अधिकतम एक हजार कित्ताका लागि यसमा आवेदन दिन सकिने बिक्री प्रबन्धक कम्पनीले जनाएको छ।

हाल नेपाल स्टक एक्स्चेन्जमा सूचीकृत कम्पनीहरूको तुलनामा यो फरक प्रकृतिको कम्पनी हो। कृषि उत्पादनलाई सहयोग गर्ने गरी कम्पनी सञ्चालनमा आएको हो।

कृषक तथा कृषि व्यवसायीको उत्पादन र उत्पादकत्व वृद्धिका लागि आवश्यक उत्पादनका साधनहरू मल, बीउ, विषादी, औजार उपकरणसहित अनुसन्धान, विकास प्रविधि हस्तान्तरण, प्रशोधन र मूल्य अभिवृद्धिको क्षेत्रमा कम्पनीले काम गरिरहेको छ।

प्रकाशित: ९ मंसिर २०८० ७:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 19 =