नेपाली सेनाका उपरथी पाण्डेको राजीनामा स्वीकृत

हिमाल प्रेस ७ मंसिर २०८० ११:५२
50
SHARES
नेपाली सेनाका उपरथी पाण्डेको राजीनामा स्वीकृत नेपाली सेनाको उपरथीमा बढुवा भएपछि २०७५ फागुन १ गते ताराध्वज पाण्डेलाई दर्ज्यानी चिह्न लगाइदिँदै तत्कालीन प्रधानसेनापति पूर्णचन्द्र थापा। फाइल फोटो जंगीअड्डा

काठमाडौँ– नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेले दिएको राजीनामा स्वीकृत भएको छ। जन्म मिति विवादमा छानविन सुरु भएपछि उनले कात्तिक २३ गते राजीनामा दिएका थिए। त्यसको भोलिपल्ट सैनिक मुख्यालयले रक्षा मन्त्रालयमा पठाएको थियो।

रक्षा मन्त्रालयले बिहीबार मन्त्रिपरिषद् बैठकमा पेस गरेसँगै उनको राजीनामा स्वीकृत गर्ने निर्णय भएको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।

पाण्डेलाई रथीमा बढुवाका लागि प्रस्ताव गरिएको थियो। बढुवा समितिले उनलाई रथीमा बढुवा गर्न प्रस्ताव गर्दै सात दिने सूचना जारी गरेको थियो। तर उनको उमेर दुई थरी रहेको भन्दै उजुरी परेपछि छानबिन सुरु भएको थियो। छानबिन सुरु भएसँगै उनले राजीनामा दिएका थिए।

पाण्डेको उमेरसम्बन्धी विवाद छानबिन गर्न सेनाले रथी सीताराम खड्काको नेतृत्वमा समिति गठन गरेको थियो। पाण्डेको राजीनामा स्वीकृत भएसँग अब अर्को उपरथीलाई रथीमा बढुवा गर्ने बाटो खुला भएको छ। उपरथी अशोक सिंग्देल बढुवा हुने सम्भावना छ। पुस पहिलो साता अर्को पनि रथी रिक्त हुने छ। रथी सिताराम खड्का उमेर हदका कारण अनिवार्य अवकासमा जानेछन्।

यस्ता छन् आजको मन्त्रिपरिषद् बैठकका निर्णय

नेपाली सेनाका उपरथी पाण्डेले दिए राजीनामा

 

प्रकाशित: ७ मंसिर २०८० ११:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − four =