शिक्षा

बालेनको शैक्षिक सुधार प्रयासमा अदालतको अंकुश, निमित्त प्रअको भरमा महानगरका ७१ विद्यालय

हिमाल प्रेस ८ मंसिर २०८० ९:०९
620
SHARES
बालेनको शैक्षिक सुधार प्रयासमा अदालतको अंकुश, निमित्त प्रअको भरमा महानगरका ७१ विद्यालय

काठमाडौँ– काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले विद्यालय शिक्षासँग सम्बन्धित गरेका दुई महत्त्वपूर्ण निर्णयमा अदालतले अंकुश लगाएको छ। मेयर शाहले गरेका विद्यालय व्यवस्थापन समिति खारेज र खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक छनोट निर्णयमा अदालतले अंकुश लगाएको हो।

शाहले गत असार ३० गते पेस गरेको महानगरका ८९ वटा सामुदायिक विद्यालय व्यवस्थापन समिति भंग गर्ने प्रस्ताव पारित भएको थियो। प्रस्तावअनुसार विद्यालय व्यवस्थापन समिति भंग गरेर सम्बन्धित वडाअध्यक्ष वा वडाअध्यक्षले तोकेको सदस्य अध्यक्ष हुने व्यवस्था गरिएको थियो।

सामुदायिक विद्यालयमा शैक्षिक सुधार हुन नसक्नुको मुख्य दोष व्यवस्थापन समिति भएको महानगरको निष्कर्ष थियो। सोहीअनुसार महानगरपालिकाले व्यवस्थापन समिति अध्यक्षका लागि नयाँ व्यवस्था गरेको थियो।

महानगरमा वडाअध्यक्षलाई विद्यालयको जिम्मेवारी दिने निर्णय गरेपछि चौतर्फी आलोचना भएको थियो। वडाअध्यक्ष राजनीतिक व्यक्ति भएकाले यस्तो निर्णयले विद्यालयलाई समुदायबाट झन् टाढा लैजान्छ र विद्यालय सुधार हुन नसक्ने भनेर कतिपय शिक्षाविद्हरूले पनि विरोध जनाए।

विद्यालय व्यवस्थापन समिति विघटन गर्ने महानगरको निर्णयविरुद्ध गत भदौ ७ गते सर्वोच्च अदालतमा रिट प¥यो। महानगरले संविधान तथा प्रचलित कानुनविपरीत निर्णय गरेको र यो संविधान तथा प्रचलित कानुनसँग बाझिएको भन्दै विद्यालय व्यवस्थापन समितिका १८ जना अध्यक्षका तर्फबाट अधिवक्ता कमल कोइरालाले सर्वोच्चमा रिट दायर गरेका थिए।

रिटमा सुनुवाइ गर्दै सर्वोच्चले भदौ १४ गते व्यवस्थापन समितिलाई हटाउने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश गर्‍यो। अदालतले काठमाडौँ महानगरपालिकासँग विद्यालय व्यवस्थापन समिति अध्यक्ष हटाउनुका कारणसहित लिखित जवाफसमेत माग गरेको थियो।

अर्को विषय हो काठमाडौँ महानगरपालिकाले महानगरका ७१ विद्यालयमा खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्ति। महानगरपालिकाले काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५ (संशोधनसहित) को दफा २९ क. बमोजिम सामुदायिक विद्यालयमा पाँच वर्षका लागि करारमा प्रधानाध्यापक छनोट गर्न भन्दै कात्तिक १७ गते सूचना निकालेको थियो।

उच्च अदालतको उक्त आदेशले करारमा प्रधानाध्यापक नियुक्ति प्रक्रिया पनि तत्कालका लागि कार्यान्वयन नहुने देखिएको छ।  शिक्षा नियमावली, २०५९ को नियम ९३ ले विद्यालयको प्रधानाध्यापकको नियुक्तिसम्बन्धी अधिकार सम्बन्धित विद्यालयको व्यवस्थापन समितिलाई प्रदान गरेको छ।

उच्च अदालतले सो नियमावली क्रियाशील रहेकै अवस्थामा विपक्षी काठमाडौँ महानगरपालिकासमेतबाट आफूले तर्जुमा गरेको शिक्षा ऐन नियमावलीबमोजिम प्रधानाध्यापक नियुक्ति गर्ने सम्बन्धमा जारी मिति २०८०-०७-१७ को निवेदक विद्यालयको हकमा विपक्षहरूको निवेदन परेमा पुनर्विचार भई ठहरेबमोजिम हुने गरी प्रस्तुत निवेदनको अन्तिम टुंगो नलागेसम्म कार्यान्वयन नगर्न नगराउन आदेश जारी गरेको हो।

करारमा प्रधानाध्यापक नियुक्त गर्ने सूचना जारी भएपछि महानगरपालिकाका निमित्त प्रधानाध्यापकहरूको टोलीले सर्वोच्च अदालतमा छुट्टै रिट दायर गरेका छन्। प्रधानाध्यापक नियुक्तिका लागि खुला विज्ञापन गरेको हो। त्यो नियमसम्मत छैन भनेर अदालतमा मुद्दा दायर गरिएको टंकेश्वरस्थित नीलबाराही माविकी निमित्त प्रधानाध्यापक डा. जानुका नेपालले बताइन्।

महानगरपालिकाका ७१ विद्यालय निमित्त प्रधानाध्यापकको भरमा चलिरहेको छ। महानगरको शिक्षा विभागका अनुसार आधारभूत तह (कक्षा १-५) मा ६ जना, आधारभूत तह (कक्षा १-८) मा २१ जना र माध्यमिक तहमा ४४ जना प्रधानाध्यापक पद रिक्त छ।

यी हुन् निमित्त प्रअको भरमा सञ्चालित विद्यालय

१. बालापीठ आधारभूत विद्यालय, सिनामंगल
२. रुद्रमती आधारभूत विद्यालय, बानेश्वर
३. ईश्वर आधारभूत विद्यालय, स्वयम्भू
४. सबलद्यौला आधारभूत विद्यालय, लगन
५. कृष्ण मन्दिर आधारभूत विद्यालय, न्यौखा
६. सुस्त मनस्थिति तथा पारिवारिक सरसल्लाह केन्द्र
७. कमल आधारभूत विद्यालय, नक्साल
८. रानीदेवी आधारभूत विद्यालय, रानीबारी
९. पञ्चकन्या आधारभूत विद्यालय, लटंगिन
१०..मित्र आधारभूत विद्यालय, चावहिल
११. शारदा आधारभूत विद्यालय, तिलगंगा
१२. बुद्धनगर आधारभूत विद्यालय, बुद्धनगर
१३. राष्ट्रिय आधारभूत विद्यालय टेकु
१४. महेन्द्र सरस्वती सेवा आधारभूत विद्यालय, टेकु
१५. जनसुधार आधारभूत विद्यालय, स्वयम्भू
१६. बालकल्याण आधारभूत विद्यालय, बालाजु
१७. बुद्धज्योति बाल उद्यान आधारभूत विद्यालय, बालाजु
१८. नेपाल राष्ट्रिय आधारभूत विद्यालय, ढल्को
१९. बालविकास आधाभूत विद्यालय, क्षेत्रपाटी
२०. कंकेश्वरी आधारभूत विद्यालय, कंकेश्वरी
२१. अरुणोदय आधारभूत विद्यालय, ढोकाटोल
२२. आजाद आधारभूत विद्यालय, लगन
२३. विद्योदय आधारभूत विद्यालय, झोछे
२४. लोकहित आधारभूत विद्यालय, ठमेल
२५. ज्ञान विकास आधारभूत विद्यालय, ज्ञानेश्वर
२६. निर्मल बाल विकास आधारभूत विद्यालय
२७. सर्वेश्वर आधारभूत विद्यालय, जडिबुटी
२८. तरुण माध्यमिक विद्यालय, बालाजु
२९. धुम्रबराह माध्यमिक विद्यालय, धुम्बाराही
३०. नवजागृति माध्यमिक विद्यालय, रामहिटी
३१. बाल व्यवसायी माध्यमिक विद्यालय, सिफल
३२. श्रम राष्ट्रिय माध्यमिक विद्यालय, कुमारीगाल
३३. सरस्वती निकेतन माध्यमिक विद्यालय, ब्रह्मटोल
३४. पञ्चकन्या माध्यमिक विद्यालय, छाउनी
३५. कुलेश्वर माध्यमिक विद्यालय, कुलेश्वर
३६. जनजागृति ज्ञानरश्मी माध्यमिक विद्यालय, बालाजु
३७. भक्त विद्याश्रम माध्यमिक विद्यालय, रक्तकाली
३८. शान्ति निकुञ्ज माध्यमिक विद्यालय, भगवतीबारी
३९. नवयुग माध्यमिक विद्यालय, ज्याबहाल
४०. हिमालय माध्यमिक विद्यालय, न्युरोड
४१. बालसेवा माध्यमिक विद्यालय, झोछें
४२. प्रभात माध्यमिक विद्यालय, नःघल
४३. महाँकाल माध्यमिक विद्यालय, महांकाल
४४. भानु माध्यमिक विद्यालय, रानीपोखरी
४५. भीमसेनगोला माध्यमिक विद्यालय, नयाँ बानेश्वर
४६. सिद्धेश्वर माध्यमिक विद्यालय, शान्तिनगर
४७. नन्दी माध्यमिक विद्यालय, नक्साल
४८. केन्द्रीय बहिरा माध्यमिक विद्यालय, नक्साल
४९. महेन्द्र राष्ट्रिय माध्यमिक विद्यालय, बालुवाटार
५०. जनकल्याण माध्यमिक विद्यालय, बौद्ध
५१. पशुपति मित्र माध्यमिक विद्यालय, चाबहिल
५२. गुहेश्वरी माध्यमिक विद्यालय, सिनामंगल
५३. शारदा माध्यमिक विद्यालय, देवपतन
५४. मंगलादेवी माध्यमिक विद्यालय, बत्तीसपुतली
५५. रत्नराज्य माध्यमिक विद्यालय, वानेश्वर
५६. जनप्रभात माध्यमिक विद्यालय, कालीमाटी
५७. ज्ञानोदय माध्यमिक विद्यालय, बाफल
५८. नीलबाराही माध्यमिक विद्यालय, टंकेश्वर
५९. जनविकास माध्यमिक विद्यालय, बल्खु
६०. जनपथ माध्यमिक विद्यालय, कलंकी
६१. गीतामाता माध्यमिक विद्यालय, बिजेश्वरी
६२. सिद्धि गणेश माध्यमिक विद्यालय, पकनाजोल
६३. नेपाल युवक माध्यमिक विद्यालय, पकनाजोल
६४. जुद्धोदय माध्यमिक विद्यालय, क्षेत्रपाटी
६५. परोपकार माध्यमिक विद्यालय, भीमसेनस्थान
६६. नेपाल आदर्श माध्यमिक विद्यालय, गणबहाल
६७. शान्तिं विद्यागृह माध्यमिक विद्यालय, लैनचौर
६८. संस्कृत माध्यमिक विद्यालय, रानीपोखरी
६९. पद्मोदय माध्यमिक विद्यालय, रामशाहपथ
७०. पद्मकन्या विद्याश्रम माध्यमिक विद्यालय, डिल्लीबजार
७१. कोटेश्वर सरस्वती माध्यमिक विद्यालय, कोटेश्वर

प्रकाशित: ८ मंसिर २०८० ९:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × five =