कोरियाले २०२४ मा १ लाख ६५ हजार विदेशी श्रमिक लैजाने

हिमाल प्रेस ७ मंसिर २०८० ११:१४
50
SHARES
कोरियाले २०२४ मा १ लाख ६५ हजार विदेशी श्रमिक लैजाने

काठमाडौँ– दक्षिण कोरियाले आगामी वर्ष सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत १ लाख ६५ हजार विदेशी कामदार लैजाने भएको छ। बुधबार दक्षिण कोरियाले नेपालसहित पाकिस्तात, श्रीलंका, बंगलादेश, भियतनाम, फिलिपिन्स, उज्वेकिस्तान, कम्बोडियासहित १६ वटा देशबाट ईपीएस प्रणालीमा विदेशी कामदार लिने तथ्यांक सार्वजनिक गरेको हो।

ईपीएसमार्फत ३ लाख ५ हजार ९ सय ६ जना विदेशी कामदार दक्षिण कोरिया गएकामा नेपालीको संख्या ५० हजारभन्दा बढी रहेको छ। यस वर्ष स्वीकृत कोटा १ लाख १० हजारमध्ये हालसम्म ९८ हजार १० कामदार कोरिया पुगेको बताइएको छ।

२०२४ मा १ लाख ६५ हजारमध्ये उत्पादन क्षेत्रमा ९५ हजार, कृषिका लागि १६ हजार, पानी जहाज निर्माणका लागि ५ हजार र निर्माण अर्थात कन्स्ट्रक्सनका लागि ६ हजार, सर्भिस सेक्टरका लागि १३ हजार र जुनसुकै क्षेत्रमा काममा लगाउन पाउने गरी खुला क्षेत्रमा २० हजार कामदार लैजाने छ।

यस्तै, सन् २०२४ का लागि तोकिएको १ लाख ६५ हजार विदेशी कामदार कोटामध्ये नयाँ कामदार १ लाख ४२ हजार ५ सय ३० जना र कोरियामा एक कार्यावधि काम गरेका २१ हजार ४ सय ६० जना प्रतिबद्ध (कमिटेर्ड) कामदार जान पाउने भएका छन्।

आगामी वर्षदेखि कोरियाले ईपीएसमार्फत रेस्टुरेन्ट, होटेल, मोटेल जस्ता सर्भिस सेक्टर र वनजंगल कटानी र माइनिङ अर्थात खानीमा पनि विदेशी कामदार ल्याउने सार्वजनिक गरेको छ।

पछिल्ला दिनमा पानी जहाज निर्यातमा उल्लेख्य उपलब्धि हासिल गरेकोे दक्षिण कोरियाले उक्त क्षेत्रमा थप कामदार माग गर्न सक्ने आंकलन गरिएको छ। दक्षिण कोरीयाले आफ्नो देशमा रहेकोे श्रमिक जनशक्तिको अभावलाई कम गर्नका लागि ठूलो संख्यामा विदेशी कामदारलाई लैजान लागेको हो।

प्रकाशित: ७ मंसिर २०८० ११:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + eighteen =