धनगढी उपमहानगरले निजी शिक्षकलाई नगर शिक्षकमा नियुक्त गर्ने

हिमाल प्रेस ७ मंसिर २०८० १०:१५
380
SHARES
धनगढी उपमहानगरले निजी शिक्षकलाई नगर शिक्षकमा नियुक्त गर्ने

धनगढी- कैलालीको धनगढी उपमहानगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षकलाई नगर शिक्षकमा नियुक्त गर्ने भएको छ।

प्रतिस्पर्धात्मक परीक्षाको माध्यमबाट निजी स्रोतका शिक्षकलाई नगर शिक्षकमा नियुक्त गर्ने धनगढी उपमहानगरपालिकाले जनाएको छ।

पालिका र निजी स्रोत शिक्षक संघर्ष समितिबीच भएको छलफलमा सामुदायिक विद्यालयमा कार्यरत निजी शिक्षकलाई नगर शिक्षकमा नियुक्त गर्ने सहमति भएको हो।

त्यसका लागि धनगढी उपमहानगरपालिकाको कार्यालयले शिक्षक विज्ञापन खोल्ने शिक्षा महाशाखाका प्रमुख नरेन्द्रबहादुर खातीले बताए।

खातीले शिक्षक सेवा आयोगको खुला प्रतिस्पर्धात्मक परीक्षाको पाठ्यक्रम बमोजिम विज्ञान गरेर पदपूर्ति गरिने बताए।

‘धनगढी उपमहानगरपालिकाले नगर शिक्षक वा सो सरहको शिक्षक विज्ञान गरेपछि पहिलो चरणमा हाल सामुदायिक विद्यालयमा निजी र आन्तरिक स्रोतबाट तलब सुविधा खानेगरी कार्यरत सबै शिक्षकबीच मात्रै प्रतिस्पर्धा हुनेछ,’ महाशाखा प्रमुख खातीले भने। गोरखापत्र दैनिकबाट

प्रकाशित: ७ मंसिर २०८० १०:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − twelve =