गणतन्त्र उल्ट्याउँछु भन्नेहरू प्रतिगामी हुन्, उनीहरूको सपना कहिल्यै पूरा हुँदैन : प्रधानमन्त्री दाहाल

हिमाल प्रेस ६ मंसिर २०८० १६:५६
6
SHARES
गणतन्त्र उल्ट्याउँछु भन्नेहरू प्रतिगामी हुन्, उनीहरूको सपना कहिल्यै पूरा हुँदैन : प्रधानमन्त्री दाहाल

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय लोकतान्त्रिक गणतन्त्र उल्टाउन चाहने प्रतिगामीहरूको सपना कहिल्यै पूरा नहुने बताएका छन्। नेपाल सरकारको मन्त्रिपरिषद्ले सरकारी लिखतहरूमा नेपाल संवत् समेत उल्लेख गर्ने निर्णयको स्वागतमा प्रधानमन्त्रीलाई सम्मान गर्ने कार्यक्रममा आफ्नो मन्तव्य राख्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन्।

‘आजको परिवर्तन साना दुखले आएको होइन। यो व्यवस्थाका निम्ति हजारौंले रगत बगाएका छन्, हजारौंले जेलनेल भोगेका छन्। लाखौं जनताले संघर्ष गरेका छन्,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘यो व्यवस्था कसैले उल्टाउन खोज्छ भने त्यो सपना मात्रै हो, तिनीहरूको सपना कहिल्यै पूरा हुँदैन।’

पराजित भएपछि सामन्ती तत्वहरूले अन्तिमपटक टाउको उठाउन खोजेको उनले बताए। ‘संसारकै नियम हो– पराजित भइसकेका सामन्ती तत्वहरूले अन्तिमपटक टाउको उठाउन खोज्छन्। अहिले पनि त्यही कोसिस हुँदैछ,’ प्रधानमन्त्री प्रचण्डले भने।

गणतन्त्र उल्टाउने सपना कसैले नदेख्न चुनौती दिँदै उनले दुस्प्रयास गर्नेहरूले पुनः अर्को मूल्य चुकाउनुपर्ने उनले बताए। ‘संघीय लोकतान्त्रिक गणतन्त्र उल्टाउने सपना कसैले नदेख्दा हुन्छ। यस्तो दुस्प्रयास गर्नेहरूले फेरि अर्को मूल्य चुकाउनुपर्नेछ,’ उनले भने।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 1 =