नेपालमा जलवायु परिवर्तनबाट परेको असरबारे कोप-२८ मा कुरा राख्छु : प्रधानमन्त्री

हिमाल प्रेस २ मंसिर २०८० १३:३९
2
SHARE
नेपालमा जलवायु परिवर्तनबाट परेको असरबारे कोप-२८ मा कुरा राख्छु : प्रधानमन्त्री

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा नेपालको जलवायु परिवर्तनमा परेको असरका विषयमा कुरा राख्ने बताएका छन्।

उनले संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि राष्ट्रहरूको २८औँ सम्मेलन (कोप–२८) मा भाग लिँदा नेपालको समस्याका विषयमा जानकारी गराउन बताएका छन्।

नेपाल पर्वातरोहण संघले शनिबार सोलुखुम्बुको सगरमाथा आधार शिविर, कालापथ्थरमा आयोजना गरेको शान्ति दीप हस्तान्तरण तथा झण्डोत्तलन कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त सम्मेलनमा जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि सहयोगभन्दा पनि अधिकारका विषयलाई प्राथमिकताका साथ उठाइने बताए।

‘हामीले गर्दै नगरेको कामको मूल्य चुकाउन सक्दैनौँ, जसले कार्बन उत्सर्जनमा कमजोरी गरेको छ, उसले हाम्रो अधिकारका पमा जलवायु कोषमार्फत क्षतिपूर्ति दिनुपर्छ,’प्रधानमन्त्री दाहालले भने,‘कोप–२८ मा नेपालले सहयोगको याचना मात्रै गर्ने होइन, हामीलाई हाम्रो अधिकार चाहियो भन्ने हो।’

उनले यसलाई मागका रुपमा नभई अधिकारकैरुपमा राख्ने तयारी गरिएको जानकारी दिए।

यही मंसिर १४ देखि २६ गतेसम्म संयुक्त अरब इमिरेट्स (यूएई)मा कोप–२८ सम्मेलन आयोजना हुँदैछ । प्रधानमन्त्री प्रचण्डको प्रमुख आतिथ्यमा हुने सम्मेलनमा राष्ट्रिय अनुकूलन योजनाको विस्तृत रुप, राष्ट्रिय निर्धारित योगदानमा आधारित कार्यान्वयन योजना र कोप–२८ को एजेन्डाका बारेमा छलफल हुनेछ ।

प्रकाशित: २ मंसिर २०८० १३:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × one =