तिमी-तिमी भैदिनू!!

विराज भूर्तेल २ मंसिर २०८० १२:५०
42
SHARES
तिमी-तिमी भैदिनू!!

म दृश्य भैदिए,
तिमी नयन भैदिनू!
म अदृश्य भए,
तिमी आफैँ छाइदिनू!
मेरो घाउमा मल्हम,
तिमी आफैँ लाइदिनू!!
आइपरे बाधा,
अन्तै तर्काइदिनू!!
दु:खजति सबै,
उल्टो फर्काइदिनू!!

मैले बाटो भुलेमा,
तिमी आफैँ आइदिनू!
मायाका रङहरू,
तिमी आफैँ ल्याइदिनू!
हर्षका गीतहरू,
तिमी आफैँ गाइदिनू!
सपनाका गन्तव्य,
तिमी आफैँ धाइदिनू!
नभ्याए मैले,
तिमी आफैँ भ्याइदिनू!
मैले गुमाएका पल,
तिमी आफैँ बाँच्दिनू!
तिम्रो-मेरो साथ,
जन्मजन्म साच्दिनू!
हाम्रो मायाको कथा,
मलाई सम्झाइदिनू!
झस्किएँ भने,
चस्स ब्युँझाइदिनू!

मलाई यति भए पुग्छ,
तिमी-तिमी भैदिनू,
तिमी-तिमी भैदिनू!!

प्रकाशित: २ मंसिर २०८० १२:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − sixteen =