शंखधर शाख्वाको सम्झनामा राष्ट्रपति : निःस्वार्थ भावले समाजको उन्नति र प्रगतिमा अग्रसर हुनुपर्छ

हिमाल प्रेस २८ कार्तिक २०८० ७:२४
6
SHARES
शंखधर शाख्वाको सम्झनामा राष्ट्रपति : निःस्वार्थ भावले समाजको उन्नति र प्रगतिमा अग्रसर हुनुपर्छ

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शंखधर साख्वाको लोककल्याणकारी तथा परोपकारी कार्यको स्मरण गर्दै निःस्वार्थ भावले समाजको उन्नति र प्रगतिका लागि अग्रसर रहनुपर्नेमा जोड दिएका छन्।

नेपाल संवत् ११४४’ प्रारम्भ भएका अवसरमा शुभकामना दिँदै राष्ट्रपति पौडेलले साख्वाले काठमाडौँ उपत्यकामा रहेका किसान तथा गरिब जनतालाई ऋणमुक्त गर्नु भएको परोपकारी कार्यलाई सबैले अनुशरण गर्नुपर्ने बताएका छन्।

राष्ट्रपति पौडेलले चाडपर्व र यस खालका असल परम्पराले नेपाली समाजलाई सभ्य र सहिष्णु बनाउँदै लगेको भन्दै साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल संवत् मौलिक राष्ट्रिय संवत् रहेको बताएका छन्।

राष्ट्रपति पौडेलले नेपाल संवत्ले सम्पूर्ण नेपालीका बीचमा आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गरी राष्ट्रिय एकता सुदृढ गर्न थप मद्दत पुग्ने विश्वास गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन्।

प्रकाशित: २८ कार्तिक २०८० ७:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + fifteen =