युद्ध प्रभावित इजरायलमा अक्टोबरमा २२० मिलियन अण्डा उत्पादन

हिमाल प्रेस २७ कार्तिक २०८० १९:४१
18
SHARES
युद्ध प्रभावित इजरायलमा अक्टोबरमा २२० मिलियन अण्डा उत्पादन फाइल तस्बिर

तेल अवीव- इजरायलमा गत महिना (अक्टोबर, २०२३) मा २२० मिलियन अण्डा उत्पादन गरिएको छ।

जारी युद्धले देशको कृषि उत्पादनमा निकै ठूलो असर पारेको छ। कृषि मन्त्रालयले आगामी हिउँदका महिनाहरूमा ताजा तरकारीको स्थानीय उत्पादनमा विगतका वर्षहरूको तुलनामा कमी आउने अनुमान गरेको छ।

यति हुँदाहुँदै पनि अण्डा र मासुको दरभने बढ्दो मात्रामा रहेको मन्त्रालयले उल्लेख गरेको छ। साथै कुखुराको आपूर्ति पनि नबिग्रिने मन्त्रालयले बताएको छ।

त्यस्तै युद्धले दुग्ध उद्योग, गाजा नजिकैको क्षेत्रबाट दूध संकलनलगायतमा पनि सामान्य प्रभाव परेको इजरायको कृषि मन्त्रालयले उल्लेख गरेको छ। रासस/एएनआई

प्रकाशित: २७ कार्तिक २०८० १९:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + four =