दूधको मूल्य घट्यो

हिमाल प्रेस २६ कार्तिक २०८० १३:१९
8
SHARES
दूधको मूल्य घट्यो प्रतीकात्मक तस्बिर।

इटहरी- कोशी प्रदेशमा दूधको मूल्य १० रुपैयाँले घटेको छ। कोशी प्रदेश डेरी उद्योग संघले दूधको मूल्य प्रतिलिटर १० रुपैयाँले घटाउने निर्णय गरेसँगै उपभोक्ताले राहत पाउने भएका हुन्।

दूधको मूल्यसँगै दही, पनिर र नौनी तथा घ्यूको बिक्री मूल्य पनि घटाउने निर्णय संघले गरेको छ। प्रदेशका ८ वटा ठूला डेरी उद्योगहरू आबद्ध संघको बैठक कार्तिक २३ गते विराटनगरमा बसेको थियो। बैठकले किसानले उत्पादन गरेको दूधको बजार सुनिश्चित गर्न भन्दै दूधको मूल्य घटाएको हो।

अहिले दूधको उत्पादन बढी भएको समयमा उपभोक्तालाईसमेत राहत दिने उद्देश्यले कात्तिक २६ गतेदेखि लागू हुनेगरी मूल्य घटाएको संघले उल्लेख गरेको छ। घटाएको मूल्यअनुसार अब उपभोक्ताले स्ट्याण्डर दूध आधा लिटरको ४५ रुपैयाँमा पाउनेछन्।

संघले फ्याट मिल्क आधा लिटरको ३५, दही २०० मिलिलिटरको ३५, आधा लिटरको दही ८०, एक लिटर दहीको १५०, पनिरको प्रतिकेजी ७८० र नौनी घ्यूको प्रतिकेजी ८ सय रुपैयाँ निर्धारण गरेको छ।

उक्त मूल्य आइतबारदेखि लागू हुनेछ। नयाँ मूल्यअनुसार वस्तु बिक्री गर्न थालेको रितिका डेरी उद्योग प्रालिका सञ्चालक योगेन्द्र चिमरियाले बताए।

प्रकाशित: २६ कार्तिक २०८० १३:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + five =