प्रगतिविहीन बजेटका ३५ प्रतिशत घोषणा

हिमाल प्रेस २६ कार्तिक २०८० १०:०५
4
SHARES
प्रगतिविहीन बजेटका ३५ प्रतिशत घोषणा

काठमाडौँ- नेपाल सरकारले बजेटमा घोषणा गरेका धेरैजसो कार्यक्रम कागजमै सिमित हुने गरेको पाइएको छ।

नेपाल उद्योग परिसंघ (सीएनआई)ले गरेको ‘बजेट वाच’अन्तर्गत आर्थिक वर्ष २०७९/८० को अध्ययनले निजी क्षेत्र र अर्थतन्त्रसँग सम्बन्धित बुँदाका ६२ बुँदे घोषणामध्ये ३५ प्रतिशत (२२ बुँदा)मा शून्य प्रगति देखिएको हो।

सीएनआईका उपाध्यक्ष हेमराज ढकालले पूर्ण कार्यान्वयन भएका बुँदा मात्र ११ (१८ प्रतिशत) रहेको बताए। २९ वटा बुँदा आंशिक मात्र कार्यान्वयन भएको बजेट वाचको अध्ययनमा देखिएको छ। यो ४७ प्रतिशतहो।

चालु आर्थिक वर्ष २०८०/८१ का लागि भने सीएनआईएले बजेटका कुल ७३ वटा बुँदामा बजेट वाच गर्दैछ। जसमा निजी क्षेत्र र अर्थतन्त्रसँग सम्बन्धित प्राथमिकता प्राप्त बुँदा समेटिएका छन्।

जसलाई ६ वटा क्षेत्रमा वर्गीकरण गरिएको छ। सीएनआईका अनुसार यस वर्ष ऊर्जा (जलविद्युत), पर्यटन तथा हस्पिटालिटी, सूचनाप्रविधि, पूर्वाधार, शिक्षा तथा स्वास्थ्य, कृषि, औषधीजन्य तथा सुगन्धित वनस्पती र खानी तथा खनिज रहेका छन्।

प्रकाशित: २६ कार्तिक २०८० १०:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + two =