सर्वोच्च अदालतमा ६ जना न्यायाधीश नियुक्तिका लागि सिफारिस

हिमाल प्रेस ५ मंसिर २०८० १६:२७ | Tuesday, November 21, 2023
सर्वोच्च अदालतमा ६ जना न्यायाधीश नियुक्तिका लागि सिफारिस

काठमाडौँ- सर्वोच्च अदालतमा रिक्त ६ जना न्यायाधीश नियुक्तिका लागि सिफारिस भएका छन्। मंगलबार बसेको न्याय परिषद्‌को बैठकले सारंगा सुवेदी, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिल पोखरेल, बालकृष्ण ढकाल र अब्दुल अजिद मुसलमानलाई न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको हो।

सिफारिस भएकाहरू विरुद्ध अब सुनुवाइका लागि उजुरी आह्वान गर्दै संसदीय सुनुवाइ समितिमा पठाइनेछ। संसदीय सुनुवाइ समितिले उनीहरूको नाम अनुमोदन गरेपछि मात्रै नियुक्ति प्रक्रिया अघि बढ्नेछ।

अहिले सिफारिस भएकाहरू सबै वरीयताअनुसार भएका छन्। हालै संशोधन गरिएको न्यायपरिषद्‌ नियमावलीले न्याय सेवाको विशिष्ट श्रेणीमा काम गरेदेखिकै कार्यकाल गणना गर्ने बाटो खोलिदिएपछि उनीहरू वरीयतामा अगाडि आएका हुन्।

प्रकाशित: ५ मंसिर २०८० १६:२७ | Tuesday, November 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast