श्रीमती र छोराको हत्यापछि आत्महत्या

हिमाल प्रेस ७ मंसिर २०८० १०:०८ | Thursday, November 23, 2023
श्रीमती र छोराको हत्यापछि आत्महत्या सांकेतिक तस्बिर

धनकुटा- धनकुटा नगरपालिका-१ निगालेमा एक पुरुषले श्रीमती र छोराको हत्या गरी आफूले समेत आत्महत्या गरेका छन्।

बुधवार राति निगालेका ३५ वर्षीय टिकाराम गुरुङले ३६ वर्षीया श्रीमती भीमा गुरुङ र १० वर्षीय छोरा आयुस गुरुङको हत्या गरी आफूले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।

टिकारामले श्रीमती र छोराको हत्या गरी घरमा झुन्डिएर आत्महत्या गरेका हुन् । टिकारामको जिउ काम्ने उपचार गरिरहनु पर्ने भएको र उनले अत्याधिक मादक पदार्थ सेवन गर्ने गरेको छिमेकीले बताएको धनकुटा प्रहरी प्रमुख एसपी कृष्णप्रसाद कोइरालाले जानकारी दिए।

बुधबार राति पौने १ बजे ६ वर्षीया छोरी आसिकी गुरुङलाई छिमेकीलाई जिम्मा लगाएको प्रहरीले जनाएको छ।

सो अघि बुबाले आमा र दाजुलाई घाँटीमा समातेर टाउका कुटेको देखेको आसिकीले बताएको एसपी कोइरालाले जानकारी दिए।

राति डरले केही नभनेको पनि आसिकीले बताएको प्रहरीको भनाइ छ। घटनाको बारेमा थप अनुसन्धान भइरहेको एसपी कोइरालाले बताए।

प्रकाशित: ७ मंसिर २०८० १०:०८ | Thursday, November 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast