 
                             
                                            कात्तिक– शौर्य सिमेन्ट इण्डष्ट्रिज लिमिटेडले यस वर्षदेखि आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत मधेश प्रदेशलाई लक्षित गरी ‘शौर्य मिथिला लोक चित्रकला प्रतियोगिता २०८०’ ल्याएको छ। यस प्रतियोगितामा मधेश प्रदेशका १६ वर्षभन्दा माथिका महिला सहभागी हुन सक्नेछन्।
प्रतियोगिता ३ विभिन्न चरणमा सम्पन्न हुनेछ। पहिलो चरणमा सहभागी महिलाहरूले आफ्नो विस्तृत जानकारी एवं आफ्नो एक चित्रकलाको प्रतिलिपि कम्पनीको वेवसाइट/फेसबुक पेजको क्यूआर कोड स्क्यान गरि फारम भरेर बुझाउन वा उपलब्ध फारम डाउनलोड गरी आवश्यक सम्पूर्ण जानकारी उल्लेख गरी ह्वाट्सएप नम्बर ९८०२३३५५८५ मार्फत पठाउन सक्ननेछन्।
यसका साथै भरिएको फारम र आफ्नो चित्रकला गाउँपालिका/नपामार्फत बुझाउन मिल्ने सुविधासमेत मिलाइएको छ। फारम बुझाउने अन्तिम मिति २०८० मंसिर ८ तोकिएको छ।
फारम साथ उपलब्ध गराइएको चित्रकलाको आधारमा सहभागी मध्ये ७५ सहभागीहरू दोस्रो चरणको लागि चुनिने छन्। दोस्रो चरणमा प्रवेश गरेका सहभागीहरुले कम्पनीले उल्लेख गरेको विषयमा मिथिला चित्रकला क्यान्भासमा कोर्नु पर्नेछ। दोस्रो चरणको प्रतियोगिता शौर्य सिमेन्टको आफ्नो उद्योगभित्र नै सञ्चालन हुनेछ।
अन्तिम चरणका लागि ७५ सहभागीमध्ये उत्कृष्ट १५ सहभागी चुनिने छन्। यस चरणमा सहभागीहरूले शौर्य सिमेन्टको उद्योगको भित्तामा मिथिला चित्रकला बनाउनु पर्नेहुन्छ।
यस प्रतियोगिताको पुरस्कार स्वरुप प्रथम स्थान प्राप्त गर्नेलाई ७५ हजार, दोस्रो स्थान प्राप्त गर्नेलाई ५० हजार, तेस्रो स्थान प्राप्त गर्नेलाई २५ हजारका साथै १२ जनालाई सान्त्वना स्वरुप हरेकलाई ५ हजार उपलब्ध गराइने छ।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
 