रौतहटमा अटो र मोटरसाइकल ठोक्किँदा एक महिलाको मृत्यु

हिमाल प्रेस ३० कार्तिक २०८० ८:०३ | Thursday, November 16, 2023
रौतहटमा अटो र मोटरसाइकल ठोक्किँदा एक महिलाको मृत्यु

काठमाडौँ- रौतहटको चन्द्रपुरमा अटो र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ।

पूर्वपश्चिम राजमार्गमा पर्ने चन्द्रपुर नगरपालिका- ५ स्थित जगत पेटोलपम्प नजिक विपरित दिशातर्फ गुडिरहेका दुई सवारी साधन आपसमा ठोक्किँदा अटोमा सवार एक महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

ना २ ह २४५३ नम्बरको अटो र ज ७ प ८२५० नम्बरको मोटरसाइकल आपसमा ठोक्किँएका हुन्। दुर्घटनामा चन्द्रपुर( ४ की ३५ वर्षीया शैरुन खातुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी दामोदर केसीले जानकारी दिए।

दुर्घटनामा गम्भीर घाइते भएकी खातुनलाई उपचारको लागि बुधबार दिउँसो वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ।

दुर्घटनापछि प्रहरीले मोटरसाइकल र अटो चालकलाई नियन्त्रणमा लिएको छ।

प्रकाशित: ३० कार्तिक २०८० ८:०३ | Thursday, November 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast