राष्ट्रिय कृषि नीति छिट्टै ल्याइन्छ : कृषिमन्त्री

हिमाल प्रेस १२ मंसिर २०८० १९:२४ | Tuesday, November 28, 2023
राष्ट्रिय कृषि नीति छिट्टै ल्याइन्छ : कृषिमन्त्री बेदुराम भुसाल

काठमाडौँ- कृषि तथा पशुपन्छी विकासमन्त्री डा. वेदुराम भुसालले कृषि क्षेत्रका समग्र समस्या समाधान गर्ने गरी छिट्टै राष्ट्रिय कृषि नीति ल्याउन लागिएको बताएका छन्।

राष्ट्रिय किसान सञ्जाल नेपालद्वारा आज (मंगलबार) यहाँ आयोजित ‘कृषि अनुदान र कृषि वित्तसम्बन्धी नीतिबारे राष्ट्रिय कार्यशाला’ को उद्घाटन गर्दै उनले कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउने विषयलाई प्राथमिकतामा राखिएको नीति निर्माणको सम्पूर्ण प्रक्रिया पूरा भएकाले केही दिनमा मन्त्रिपरिषद्मा पेस गरिने बताए।

उनले कृषि उत्पादन, उत्पादकत्व वृद्धि गरी कृषकको आय वृद्धि, आर्थिक समृद्धि हासिल गर्ने विषयलाई प्राथमिकतामा राखेर नीतिमा समेटिएको बताए। साना किसानलाई संरक्षण गर्न उनीहरूको उत्पादनलाई मूल्य श्रृंखलामा जोड्ने बताउँदै मन्त्री भुसालले मूल्य श्रृंखलाबाट कृषि वस्तुको बजारीकरणको विकास गरी कृषकको आम्दानीमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।

कृषिमा प्रविधिको प्रयोग, गुणस्तरीय वस्तुको उत्पादन निर्यातजन्य वस्तुको उत्पादनलाई वृद्धि गर्न सम्बन्धित कृषकलाई आवश्यक सहुलियत दिइने उनको भनाइ छ। उनले कृषि भूमिको अनुपयुक्त प्रयोग एवं विभिन्न प्रकोपका कारण कृषि भूमिको उर्बरा घट्दै गएकामा चिन्ता व्यक्त गरे। रासस

प्रकाशित: १२ मंसिर २०८० १९:२४ | Tuesday, November 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast