काठमाडौँ- तिहार अर्थात रंगिन पर्व तिहारले गाउँघर तथा सहरलाई छोपिसकेको छ। तिहार फूलको पर्व पनि हो। फूल टिप्न अहिले किसानलाई भ्याइ नभ्याइ छ। त्यस्तै चटारोमा छन् काठमाडौँको नागार्जुन नगरपालिकाको रामकोट डाँडा गाउँ क्षेत्रका किसान। उनीहरू अहिले सयपत्री फुल टिप्दै माला उन्नमा व्यस्त छन्।
यहाँ सयपत्री फूलको व्यवसायिक खेती हुन्छ। बिक्रीका लागि फूल टिप्ने र मागअनुसार माला उन्ने काम पनि धमाधम भैरहेको छ। टिपिएको फूल प्रति ढ्वाङ (तेलको टिनको डब्बा) ६०० देखि ७०० रुपैँया र ढोकामा राखिने प्रति मालाको २०० देखि २५० रुपैँया लिएर बिक्री भइरहेको छ। नेपालमा करिब ६ सय किसिमका फूल पाइने भए पनि तिहारमा सयपत्री, गोदावरी र मखमली फूलको माग बढी हुन्छ।

प्रकाशित: २४ कार्तिक २०८० १६:०६ | Friday, November 10, 2023
प्रतिक्रिया






