राप्रपा नेपालको आमसभा पोखरामा

हिमाल प्रेस २४ कार्तिक २०८० ६:४२ | Friday, November 10, 2023
राप्रपा नेपालको आमसभा पोखरामा राप्रपा नेपालका अध्यक्ष कमल थापा।

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले शुक्रबार पोखरामा सभा गर्ने भएको छ। राप्रपा नेपाल कास्कीको आयोजनामा पोखराको चाउथे चोकमा सभा हुने भएको हो।

सभालाई अध्यक्ष कमल थापा, उपाध्यक्ष तारानाथ लुइँटेल ,महामन्त्रीद्वय राजाराम बर्तौला र कृष्ण कार्कीलगायत नेताले सम्बोधन गर्ने राप्रपा नेपाल कास्कीले जानकारी दिएको छ।

राजसंस्था पुनःस्थापनाको कार्यनीति बनाएपछि राप्रपा नेपालले विभिन्न जिल्लामा सडक केन्द्रित कार्यक्रम गरिरहेको छ।

प्रकाशित: २४ कार्तिक २०८० ६:४२ | Friday, November 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast