यूके पठाउने नर्सको कोटा नै पुगेन, ७८ जनामात्रै योग्य

हिमाल प्रेस ८ मंसिर २०८० १९:५१ | Friday, November 24, 2023
यूके पठाउने नर्सको कोटा नै पुगेन, ७८ जनामात्रै योग्य

काठमाडौँ- यूके सरकारले माग गरेअनुसार नेपालबाट रोजगारीका लागि जाने नर्सहरूको कोटा नै अपुग भएको छ। सरकारले गत वर्ष श्रम सम्झौता गरेर यूके रोजगारीमा नेपाली नर्स पठाउने बाटो खुलाएको थियो। यूके सरकारले माग गरेअनुसार नेपाली नर्सको कोटा नै नपुगेको वैदेशिक रोजगार विभागले जनाएको छ।

नेपालबाट आवश्यक कागजात पूरा गरेका ७८ जनाको आवेदनमात्रै पेस भएको विभागका निर्देशक गोपालराज तिमल्सिनाले जानकारी दिए । छनोट सूचीमा परेका नर्सको मात्रै अन्तर्वार्ता हुने र छनोटमा भएका नर्स मात्रै यूके जान पाउने उनको भनाइ छ।

सरकारले गत जुलाई २० मा गोरखापत्रमा सूचना जारी गर्दै आवेदन माग गरेको थियो। आवेदनमा ७ सय ७१ जनाले फर्म भरे पनि अधिंकाशको श्रम सम्झौताअनुसार मापदण्ड नपुर्‍याएको विभागले जनाएको छ।

एक सय जना नर्सको माग भए पनि नेपालबाट आवश्यक कागजात पुरा गरेका ७८ जनाको आवेदन सबमिट भएको विभागले जानकारी दियो।

श्रम सम्झौतामा राइटिङमा ६.५ मात्र ल्याए पनि नेपाली नर्स यूके जानका लागि भाषामा योग्य मानिन्छन् । नर्सहरूले इन्टरन्याशनल इङ्लिश ल्याङ्ग्वेज टेस्टिङ सिस्टम (आईईएलटीएर्स) मा कम्तीमा ७ अंक ल्याउनुपर्ने सम्झौतामा उल्लेख छ ।

राइटिङ, स्पिकिङ, लिसनिङ र रिडिङ गरी चारखाले मापदण्डमा अंक दिइने आईईएलटीएसमा राइटिङ बाहेक सबैमा ७ अंक आउनुपर्ने हुन्छ। विभागले यूके सरकारसँग छलफल गरेर फेरी आवेदन खुलाउने भएको छ।

प्रकाशित: ८ मंसिर २०८० १९:५१ | Friday, November 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast