युवा संघ र दुर्गा प्रसाईंको नेतृत्वको महाअभियानको प्रदर्शन आज

हिमाल प्रेस ७ मंसिर २०८० ७:०३ | Thursday, November 23, 2023
युवा संघ र दुर्गा प्रसाईंको नेतृत्वको महाअभियानको प्रदर्शन आज

काठमाडौँ- काठमाडौँका दुई स्थानमा आज दुईवटा छुट्टाछुट्टै समूहले कार्यक्रम गर्दैछन्।

नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल र दुर्गा प्रसाईंको नेतृत्वमा रहेको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालले आज छुट्टाछुट्टै कार्यक्रम गर्न लागेका हुन्।

युवा संघको नेतृत्वमा काठमाडौंको तीनकुनेमा प्रदर्शन हुँदैछ।

दुर्गा प्रसाईंको नेतृत्वमा काठमाडौंको बल्खुमा प्रदर्शन हुँदैछ। विभिन्न ठाउँबाट जुलुस निकालेर कार्यक्रमस्थल पुग्ने दुवै पक्षले तयारी गरेका छन्।

माइतीघर मण्डलादेखि नयाँबानेश्वरलगायत स्थानमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रदर्शन गर्न लोक लगाएपछि तीनकुने र बल्खुमा प्रदर्शन हुन लागेको हो।

प्रकाशित: ७ मंसिर २०८० ७:०३ | Thursday, November 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast