मोरङ आगलागीमा परी घाइते एकको मृत्यु

हिमाल प्रेस ५ मंसिर २०८० १०:५८ | Tuesday, November 21, 2023
मोरङ आगलागीमा परी घाइते एकको मृत्यु प्रतीकात्मक तस्बिर

इटहरी- मोरङको उर्लाबारीमा भएको आगलागीमा परी घाइते भएकामध्ये एकजनाको उपचारको क्रममा मृत्यु भएको छ।

उर्लाबारी नगरपालिका ७ बरगाछीमा गत कात्तिक २६ गते लक्ष्मी पूजाको राति आगलागी हुँदा घाइते भएका एकजनाको मृत्यु भएको हो। घाइतेमध्ये उर्लाबारी ७ का ४३ वर्षीय तपन पण्डितको उपचारका क्रममा मंगलबार बिहानका राति २ः४५ बजेतिर मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले पुष्टि गरे।

दाहालकाअनुसार काठमाडौंस्थित कीर्तिपुर अस्पतालमा उपचारको क्रममा पण्डितको मृत्यु भएको हो। स्थानीय दीपक कार्कीले आफ्नै घरमा सञ्चालन गरेको स्नेहा सुनचाँदी पसलबाट राति १०ः३० बजेतिर अचानक आगलागी सुरु भएको थियो।

आगो निभाउन गएका ४ प्रहरी र २४ स्थानीय गरेर २८ जना घाइते भएका थिए। गम्भीर अवस्थाका ८ जनाको आईसीयूमा उपचार भइरहेको प्रहरीको भनाइ छ। आगलागीको कारण अझैसम्म खुल्न सकेको छैन।

प्रकाशित: ५ मंसिर २०८० १०:५८ | Tuesday, November 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast