भूकम्प प्रभावित क्षेत्रमा निःशुल्क बिजुली

हिमाल प्रेस २५ कार्तिक २०८० १९:०६ | Saturday, November 11, 2023
भूकम्प प्रभावित क्षेत्रमा निःशुल्क बिजुली

रुकुम- नेपाल विद्युत् प्राधिकरणले रुकुम पश्चिमका भूकम्पपीडितका त्रिपाल र टहरामा निःशुल्क बत्ती जडान गरेको छ। भूकम्पबाट बढी प्रभावित भएको आठबीसकोट नगरपालिका र सानीभेरी गाउँपालिकामा निःशुल्क बत्ती जडान गरिएको हो।

भूकम्पपीडित बसिरहेका सबै त्रिपालमा एक सय १५ स्थानमा बत्ती जडान गरिएको प्राधिकरण रुकुम पश्चिमका प्रमुख शिवजी साहले जानकारी दिए। आवश्यकताअनुसार थप ठाउँमा पनि बत्ती जडान हुने उनले बताए।

आठबीसकोटका वडा नं ११, १२, १३ र १४ तथा सानीभेरी गाउँपालिकाका वडा नं १ र ४ मा निःशुल्क बत्ती जडान गरिएको छ। रासस

प्रकाशित: २५ कार्तिक २०८० १९:०६ | Saturday, November 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast