भारत आईसीसी विश्वकपको फाइनलमा

हिमाल प्रेस २९ कार्तिक २०८० २२:५८ | Wednesday, November 15, 2023
भारत आईसीसी विश्वकपको फाइनलमा

काठमाडौँ– न्युजिल्यान्डलाई हराउँदै भारत आईसीसी विश्वकपको फाइनलमा पुगेको छ। मोहम्मद सामीको घातक बलिङ र दुई शतकको सहयोगमा भारतले सेमिफाइनलमा न्युजिल्यान्डलाई ७० रनले हराउँदै फाइनलमा प्रवेश गरेको हो। सन् २०११ पछि भारत पहिलोपटक फाइनलमा पुगेको हो।

मुम्बईको वानखडे क्रिकेट मैदानमा तीन सय ९८ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्ड ४८.५ ओभरमा ३ सय २७ रनमा अल आउट भएको थियो। न्युजिल्यान्डका डर्याल मिचेलले १ सय १९ बलमा ९ चौका र ७ छक्कासहित सर्वाधिक १ सय ३४ रन बनाएका थिए। केन विलियम्स ७३ बलमा ७ चौका र १ छक्कासहित ६९ रनमा क्याच आउट भए।

भारतलाई सुरुमा सामीले दुवै ओपनरलाई आउट गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए। दोस्रो सेमिफाइनल बिहीबार अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीच हुनेछ।

भारतले न्युजिल्यान्डलाई दियो ३९८ रनको लक्ष्य

प्रकाशित: २९ कार्तिक २०८० २२:५८ | Wednesday, November 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast