काठमाडौँ- ललितपुरको झम्सीखेलमा फाइभ स्टार होटलले जस्तै हस्पिटालिटी सेवादिने ‘रामबाग महल’ सञ्चालनमा आएको छ। ३२ हजार स्क्वायर वर्गफिटमा फैलिएको रामबाग फराकिलो स्पेस तथा आकर्षक इन्टेरियरका कारण भव्य देखिन्छ। यसअघि पनि विभिन्न पार्टी प्यालेस तथा ब्यांक्वेट निर्माण तथा व्यवस्थापन गर्दै आएका अनुभवी सञ्चालकहरूले नै यो ब्यांक्वेट पनि निर्माण गरेका हुन्।
ब्यांक्वेट भन्ने वित्तिकै आम मानिसमा जुन चित्र आउँछ वा अहिले जे जस्ता थिम र इन्टेरियरअनुसार ब्यांक्वेट बनिरहेका छन्। त्यसमा व्यापक परिवर्तन गरेर राम बागनिर्माण गरिएको छ। भारतको राजस्थान राज्यको कला संस्कृति झल्किने गरी रामबाग निर्माण गरिएको छ। पाँचतारे होटलमा भन्दा पनि अब्बलइन्टेरियर सामग्री प्रयोग गरेर निर्माण गरिएको रामबाग निकै आकर्षक देखिन्छ।

यो ब्यांक्वेट निर्माणका लागि चाहिने सम्पूर्ण सामग्री युरोप, चीन, भारतलगायतका देशबाट सिधै आयत गरिएका छन्। नेपालमाउपलब्धहुने ‘क्लासिक’ सामग्रीहरूको पनिप्रयोग गरिएको छ। रामबाग काठमाडौँ उपत्याकाकै उत्कृष्ट ब्यांक्वेट भएको दाबी सञ्चालकहरू गर्छन्।
लोकेसन, डिजाइन, इन्टेरियर सेटिङ तथा गुणस्तरीय एवं विविध भेराइटीका खानाका कारण रामबागले दिने सर्भिस कुनै पाँचतारे होटलभन्दा कम नरहेको सञ्चालक तथा व्यवस्थापक ऋषभ थापा बताउँछन्। रामबाग निरीक्षण गर्ने जो कोही पनि यसको सजावट र भव्यता देखेर मत्र मुग्ध हुने गरेको थापा बताउँछन्।
ब्यांक्वेट भन्ने बित्तिकै विवाह, व्रतबन्धका लागि पार्टी आयोजना गरिने स्थानका रूपमा बुझ्ने गरिन्छ। तर, रामबागले गोष्ठी, सेमिनार, विभिन्न किसिमका तालिम तथा इभेन्टहरूका लागि पनि सेवा उपलब्ध गराउँछ। करिब दुई हजार जनासम्मको पार्टी आयोजना गर्न सकिने गरी ब्यांक्वेट तयार गरिएको रामबागकी निर्देशक हेलन राणा बताउँछिन्।

पर्याप्त पार्किङ सुविधा भएको राममबाग महललाई ब्यांक्वेटको क्षेत्रमा ‘बेञ्चमार्क’ बनाउने गरी यसको व्यवस्थापन गरिने निर्देशक राणाले बताइन्। खानाको आइटम, थिम र डेकोरेसनका हिसाबले रामबाग काठमाडौँ उपत्यकाको उत्कृष्ट ब्यांक्वेट भएको प्रतिक्रिया यसका ग्राहकहरूले दिने गरेका छन्।
आकर्षक बार, इनडोर तथा आउटडोर स्टेज, भीआईपीडिनर हल, कमन डिनर हल, प्राइभेट डिनर हललगायत सुविधा यहाँ छन्। ग्राहकको बजेटअनुसार सिल्भर, गोल्ड तथा डाइमन्ड गरेर तीन खालको खानाको मेनु तय गरिएको छ। आफ्नो बजेटअनुसार मेनु छनोट गर्न सकिन्छ।

विवाहका लागि चाहिने पुरोहितदेखि गाडी, बग्गी, बाजा, फोटोग्राफी, भिडियोग्राफी, गाडी डेकोरेसनलगायत सम्पूर्ण प्याकेज ब्यांक्वेटमा उपलब्धछ। रामबागमा सेट गरिएको लाइटिङ सिस्टम तथा भित्तामा प्रयोग गरिएको कलाले यसलाई निकै भव्य देखाएको छ।

                                             
                                             
                                             
                                             
                                             
                                             

