बाँकेमा थप १०९ जनामा एचआईभी संक्रमण

हिमाल प्रेस १४ मंसिर २०८० २०:५४ | Thursday, November 30, 2023
बाँकेमा थप १०९ जनामा एचआईभी संक्रमण

नेपालगञ्ज- बाँकेमा थप १०९ जनालाई एचआईभी संक्रमण देखिएको छ। आर्थिक वर्ष २०७९/८० मा १७ हजार ३२८ जनामा एचआईभी परीक्षण गर्दा सो संख्यामा संक्रमित फेला परेका हुन्।

नेपालगञ्ज उपमहानगरपालिकाको आयोजनामा आज (बिहीबार) यहाँ आयोजना गरिएको पत्रकारसँंगको अन्तरक्रियामा स्वास्थ्य कार्यालय बाँकेका एचआईभी सम्पर्क व्यक्ति रविन्द्र साहले बाँकेमा अहिले ५५६ एचआईभी संक्रमितले एआरटी सेवा लिइरहेको जानकारी दिए।

५५६ मध्ये ४१० बाँके जिल्लाका भएको बताइएको छ। भेरी अस्पतालमा सन् २००४ देखि एआरटी सेवा सुरु भएको हो।

सरकारले एआरटी सेवा निःशुल्क रूपमा प्रदान गरिरहेको छ। बाँकेमा एचआईभी एड्सबाट अहिलेसम्म १७२ जनाको मृत्यु भएको तथ्यांक छ। रासस

प्रकाशित: १४ मंसिर २०८० २०:५४ | Thursday, November 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast