खड्का कार्यवाहक प्रधानमन्त्री

हिमाल प्रेस १४ मंसिर २०८० ६:४२ | Thursday, November 30, 2023
खड्का कार्यवाहक प्रधानमन्त्री

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोप-२८ मा सहभागी हुन दुबई प्रस्थान गरेका छन्। बुधबार राति प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन कोप-२८ मा सहभागी हुन दुबई प्रस्थान गरेको हो।

कोप-२८ मा नेपालको सहभागितासँगै अति कम विकसित मुलुकको तर्फबाट नेपालले अध्यक्षतासहितको प्रतिनिधित्व गर्दै छ। यूएईको दुबईमा बिहीबार सम्मेलनको उद्घाटन समारोह हुँदैछ । यस वर्षको आयोजक राष्ट्रका रूपमा यूएईले अध्यक्षता गर्दैछ।

प्रचण्ड भ्रमणमा निस्किएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले पाएका छन्।

बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधान एवम् रक्षामन्त्री खड्कालाई तोकेका हुन्।

प्रकाशित: १४ मंसिर २०८० ६:४२ | Thursday, November 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast