नेपाल एयरलाइन्सको विमान प्रधानमन्त्रीलाई लिएर दुबई उड्दा ३१ यात्रु छुटे

हिमाल प्रेस १४ मंसिर २०८० १५:२३ | Thursday, November 30, 2023
नेपाल एयरलाइन्सको विमान प्रधानमन्त्रीलाई लिएर दुबई उड्दा ३१ यात्रु छुटे

काठमाडौँ– नेपाल एयरलाइन्सको विमानले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई लिएर दुबई उड्दा ३१ जना यात्रु काठमाडौँमै छुटेका छन्।  काठमाडौँबाट दुबईका लागि बुधबार राति ११ बजे उडान गर्नुपर्ने नेपाल एयरलाइन्सको विमान दुई घण्टाअघि नै प्रस्थान गर्दा ३१ यात्रु छुटेका हुन्।

विमानस्थलले उडान तालिका दुई घण्टा अगाडि सारेर खबर नगर्दा टिकट काटिसकेका यात्रु छुटेका हुन्। प्रधानमन्त्री दाहाल गएराति ९ बजे कोप–२८ मा सहभागी हुन दुबई प्रस्थान गरेका थिए।

छुटेका यात्रुलाई काठमाडौँमा होटलमा राखिएको छ। उनीहरूलाई अर्को उडानमार्फत आज पठाउने तयारी भइरहेको बताइएको छ।

प्रकाशित: १४ मंसिर २०८० १५:२३ | Thursday, November 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast