नेपालद्वारा हङकङलाई कमजोर लक्ष्य प्रस्तुत

हिमाल प्रेस ३० कार्तिक २०८० १३:१४ | Thursday, November 16, 2023
नेपालद्वारा हङकङलाई कमजोर लक्ष्य प्रस्तुत

काठमाडौँ- चार राष्ट्र सम्मिलित महिला टी २० क्रिकेट शृंखलामा हङकङविरुद्ध नेपालले कमजोर लक्ष्य प्रस्तुत गरेको छ। आज हङकङको घरेलु मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपालले ५६ रनमै अलआउट हुन पुग्यो।

नेपालका लागि पूर्वकप्तान रुविना क्षेत्रीले २५ रन बनाउन बाहेक अन्य कुनै ब्याटरले दोहोरो रन बनाउन सकेनन्। सीता राना मगर ९, पूजा महतो ४ रन, कप्तान इन्दु वर्मा शून्य रनमा आउट हुँदा उपकप्तान विन्दु शर्माले एक रन जोड्न सफल भइन्।

सम्झना खड्का र कन्चन श्रेष्ठले समान १-१ रन जोडेका थिए। कमजोर सुरुवात गरेको नेपालले २४ रनको कुल स्कोरमै नेपालको आधा टोली पेभेलियन फर्किएका थिए।

हङकङकी इकरा सहरले सर्वाधिक ३ विकेट लिइन् । सुचिथा बेन्कटेशले २ विकेट लिएको खेलमा बेट्टी चान, मारिको हिल र केनी चानले समान एक एक विकेट हात पारेका थिए। अबको केही समयमै दोस्रो इनिङको खेल हुँदैछ।

नेपाल पहिलो खेलमा तान्जानियासँग २७ रनले पराजित भएको थियो। सिरिजको फाइनलमा स्थान बनाउन नेपाललाई हङकङविरुद्धको खेल जित्नैपर्ने दबाब छ।

नेपालले शृंखलाको अन्तिम खेल जापानविरुद्ध खेल्नेछ।

प्रकाशित: ३० कार्तिक २०८० १३:१४ | Thursday, November 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast