धनुषामा रेलले किचेर एक जनाको निधन

हिमाल प्रेस २८ कार्तिक २०८० १४:१४ | Tuesday, November 14, 2023
धनुषामा रेलले किचेर एक जनाको निधन फाइल तस्बिर

जनकपुरधाम- धनुषामा रेलले किचेर एक जनाको निधन भएको छ। जनकपुरधाम-जयनगर रेलले किचेर धनुषामा एक जना वृद्धको ज्यान गएको प्रहरीले जानकारी दिएको छ।

ज्यान गुमाउनेमा भारतको मधुबनी जिल्ला जयनगर बेल्हीका ९० वर्षीय विन्देश्वर दास रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जन अवाले जानकारी दिए।

धनुषाको विदेहनगरपालिकास्थित बैदेही स्टेसन नजिक लिकमै किचिएर उनको मृत्यु भएको डीएसपी अवाले बताए। रेल मंगलबार बिहान करिब साढे ९ बजे जनकपुरधामबाट जयनगरतर्फ जाँदै गरेका बेला दुर्घटना भएको हो।

प्रकाशित: २८ कार्तिक २०८० १४:१४ | Tuesday, November 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast