त्रिविमा स्नातकोत्तर तहमा विद्यार्थी भर्नाका लागि आवेदन खुला

हिमाल प्रेस २५ कार्तिक २०८० ९:१२ | Saturday, November 11, 2023
त्रिविमा स्नातकोत्तर तहमा विद्यार्थी भर्नाका लागि आवेदन खुला फाइल तस्बिर

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तह प्रथम सेमिष्टरका लागि भर्ना आह्वान गरेको छ। त्रिवि शिक्षाध्यक्षको कार्यालयले स्नातकोत्तर तह प्रथम सेमिष्टरको लागि भर्ना आह्वान गरेको हो।

भर्ना आवेदन मंसिर १ गतेदेखि मंसिर २५ गतेसम्म बुझाउन सकिनेछ। पुस ११ गतेदेखि कक्षा सञ्चालन गरिने शिक्षाध्यक्षको कार्यालयले जनाएको छ। प्रवेश परीक्षा तथा भर्नासम्बन्धी अन्य विवरण पछि सार्वजनिक गरिनेछ।

विद्यार्थीले पढ्न चाहेको संकायका लागि छुट्टाछुट्टै आवेदन फारम बुझाउनुपर्ने छ।

आवेदन दिदा फारामसँगै हालसालै खिचेको फोटो र ट्रान्सक्रिप्ट तथा चारित्रिक प्रमाणपत्रको प्रमाणित प्रतिलिपि समेत बुझाउनुपर्नेछ।

 

प्रकाशित: २५ कार्तिक २०८० ९:१२ | Saturday, November 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast