तान्जानियाले नेपाललाई दियो ११६ रनको लक्ष्य

हिमाल प्रेस २९ कार्तिक २०८० ९:०९ | Wednesday, November 15, 2023
तान्जानियाले नेपाललाई दियो ११६ रनको लक्ष्य

काठमाडौँ- चार देश सम्मिलित महिला टी २० आई सिरिजमा तान्जानियाले नेपाललाई ११६ रनको लक्ष्य दिएको छ।

हङकङ क्रिकेट क्लबमा टस जिलेर ब्याटिङ गरेको तान्जानियाले निर्धारित ओभरमा ७ विकेट गुमाएर ११५ रन बनायो। तान्जानियाका लागि हुडा ओमरीले सर्वाधिक २५ रन बनाइन्। आइशा मोहमदले २१ रन बनाउँदा सउम मतिले १६ रनको योगदान दिइन्। कप्तान फतुमा किबासुले ११ रन बनाइन्।

नेपालकी संगिता राईले २ तथा पुजा महतो, रुबिना क्षत्री तथा इन्दू बर्माले एक एक विकेट लिए।

सन् २००७ मा अन्तर्राष्ट्रिय क्रिकेट सुरु गरेको नेपालले अहिलेसम्म तान्जानियासँग खेलेको थिएन। यो टिम आईसीसी महिला टी–ट्वेन्टी वरीयताको १९ औँ स्थानमा छ भने नेपाल २१ औँ स्थानमा छ।

नेपाली टिममा धेरै नयाँ खेलाडी छन्। तान्जानियासँगको पहिलो खेल नेपाली टिमको लागि परीक्षा हुनेछ। इन्दु बर्मा कप्तान बनेसँगै नेपालले पहिलो अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लागेको हो।

नेपाल र तान्जानियासँगै आयोजक हङकङ र जापान पनि सिरिजमा सहभागी छन्। सिरिजमा आजै दिउँसो पौने १२ बजे जापानले आयोजक टोलीको सामना गर्ने छ।

नेपालले दोस्रो खेल कात्तिक ३० गते जापानसँग खेल्नेछ। हङकङसँगको खेल भने मङ्सिर २ गते हुनेछ। प्रतियोगिताको फाइनल र तेस्रो स्थानको खेल मङ्सिर ३ गते हुनेछ।

प्रकाशित: २९ कार्तिक २०८० ९:०९ | Wednesday, November 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast