काठमाडौँ- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालो जाजरकोटमा गएको भूकम्पबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्। उनले विपद्को घडीमा नेपाललाई सम्भावित सबै सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल एक्स (ट्वीटर) मार्फत उक्त प्रतिबद्धता व्यक्त गरेका हुन्। ‘नेपालमा गएको भूकम्पका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दछु।
भारत नेपाली जनताप्रति ऐक्यबद्धताका साथ उभिएको छ र हरसम्भव सहयोग गर्न तयार छ,’ उनले एक्समा लेखेका छन्। साथै उनले शोक सन्तप्त परिवारजनप्रति भारत सरकारको संवेदना रहेको उल्लेख गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।
                            प्रकाशित: १८ कार्तिक  २०८० १६:०८ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
                                             
                                             
                                             
                                             
                                             
                                             

