गुरुकुलमा ‘काल’ मञ्चन हुँदै

हिमाल प्रेस ११ मंसिर २०८० १२:३५ | Monday, November 27, 2023
गुरुकुलमा ‘काल’ मञ्चन हुँदै

काठमाडौँ- नाटक ‘काल’ मञ्चन हुने भएको छ। नाटक थापागाउँस्थित आरोहण गुरुकुल, कुञ्ज नाटकघरमा मंसिर १४ देखि ३० गतेसम्म मञ्चन हुनेछ।

नाटकको परिकल्पना, लेखन र निर्देशन राम भजन कामतले गरेका हुन्।  एक्टा नेपालको प्रस्तुति र आरोहण गुरुकुल स्कुल अफ थिएटरको सहकार्यमा नाटक मञ्चन हुन लागेको हो।

निर्देशक कामतले सामाजिक सञ्जाल फेसबुक पेजमार्फत नाटकको पोस्टर सार्वजनिक गर्दै उक्त जानकारी दिएका हुन्। ‘मृत्यु रोज्ने मान्छेको मृत्यु खोज्ने जागीर’ उनले नाटकबारे उनले लेखेका छन्।

नाटक सोमबार बाहेक साताको प्रत्येक दिन दिउँसो साढे ४ बजे मञ्चन हुनेछ। साथै शनिबार १ बजे अतिरिक्त शो पनि हुनेछ।

प्रकाशित: ११ मंसिर २०८० १२:३५ | Monday, November 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast