काठमाडौँमा भ्रातृ संगठनको प्रदर्शन छाडेर केपी ओली पोखरातिर

हिमाल प्रेस ७ मंसिर २०८० १०:३२ | Thursday, November 23, 2023
काठमाडौँमा भ्रातृ संगठनको प्रदर्शन छाडेर केपी ओली पोखरातिर फाइल तस्बिर।

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पोखरा प्रस्थान गर्न त्रिभुवन विमानस्थल पुगेका छन्। आज नेकपा एमाले निकट युवा संघको प्रदर्शन काठमाडौँमा छ। सरकार र सुशासनको नाम दिँदै युवा संघले प्रदर्शन गर्ने तयारी गरेको छ।

हिजो मात्रै ओलीले आन्दोलनका लागि युवा संघलाई निर्देशन दिएका थिए।

पोखरामा आयोजित केपी ओली कप टि-२० क्रिकेट प्रतियोगिताको उद्घाटन समारोहमा सहभागी हुन बिहीबार बिहान उनी त्यसतर्फ प्रस्थान गर्न लागेका हुन्। मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा मंसिर १५ गतेसम्म हुने प्रतियोगितामा १२ टिम सहभागी छन्।

प्रतियोगितामा सात प्रदेशका सात टिम, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरीको एपीएफ र आयोजक मदन भण्डारी एकेडेमीका दुई टोली हुनेछन्।

सहभागीलाई ४ समूहमा विभाजन गरिएको छ। प्रत्येक समूहको विजेता सेमिफाइनलमा पुग्नेछ। च्याम्पियन टोलीले ५ लाख र उपविजेताले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने छन्।

प्रकाशित: ७ मंसिर २०८० १०:३२ | Thursday, November 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast