काठमाडौँको बबरमहलमा ‘अत्याधुनिक’ ट्राफिक बत्ती

दिपेश श्रेष्ठ ११ मंसिर २०८० १६:५७ | Monday, November 27, 2023
काठमाडौँको बबरमहलमा ‘अत्याधुनिक’ ट्राफिक बत्ती

काठमाडौँ– काठमाडौँको बबरमहलमा अत्याधुनिक ट्राफिक लाइट सञ्चालनमा आएको छ। काठमाडौँ जिल्ला अदालतअगाडिको सडकमा पैदल यात्रु आफैँले बटन थिचेर ट्राफिक बत्ती बाल्ने र बाटो काट्न सकिने ‘पेलिकन क्रसिङ’ प्रविधि सञ्चालनमा ल्याइएको हो।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख पोषराज पोखरेलले बटन थिचेर सडक पार गर्नका लागि राखिएको ट्राफिक लाइट अत्याधुनिक भएको जानकारी दिए।
पैदल यात्रीले सडक पार गर्नका लागि बटन थिचेको केहीबेरपछि रातो बत्ती बलेर सवारी रोकिनेछ। सडक पार गरेपछि आफैँ हरियो बत्ती बल्ने पोखरेलले बताए। करिब १० लाख रुपैयाँ लागतमा यस्तो प्रविधि राखिएको हो।

प्रकाशित: ११ मंसिर २०८० १६:५७ | Monday, November 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast